आगलागीबाट साहको घर खरानी बन्यो, १२ लाखको क्षति


सर्लाही : एक घरमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । सोमवार राति सर्लाहीको विष्णु गाउँपालिका २ पकडीगोठ स्थित योगेन्द्र प्रसाद साहको घरमा आगलागी भएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति करिब ११ बजेतिर साहको काठले बनेको घरमा आगलागी भएको हो । आगलगीबाट घरमा रहेको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर नस्ट भएको छ ।

आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । प्रहरीले स्थानीयको सहयोगमा आलो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : २०७७ मंसिर २३, मंगलवार ११:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ