तीन दिनसम्म देशभर बदली हुने, प्रदेश २ मा आंशिक बदली


काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको भइरहेको छ ।

लुम्बिनी प्रदेशका पूर्वी भूभाग तथा  प्रदेश नं २ मा आंशिक बदली भइरहेको छ । अझै तीन दिनसम्म देशका अधिकांश भागमा बदली हुने भएको छ ।

न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले जानकारी दिएका छन् ।

बदली भएपनि वर्षा भने  एकदमै कम रहेको महाशाखाले जनाएको छ ।  आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.० डिग्री र अधिकतम तापक्रम २०.२ डिग्री सेल्सियस  छ ।

अहिले सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.० डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस  छ ।

प्रकाशित : २०७७ मंसिर २४, बुधबार १६:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ