लहानमा हात्तीले मच्चाए आतंक, घर भत्काएपछि लाखौंको क्षती


टुडेखोज, लहान : सिरहाको लहान नगरपालिका १५ मोहनपुरमा हात्तीले आतंक मच्चाएको छ ।

मंगलवार राति एउटा हात्ती मोहनपुर पसेर स्थानीय रामउदगार यादवको घर भत्काइदिए । साथै धान, गहुँ, चामल लगायतका समान समेत नष्ट गरेर हात्तीले करिब २ लाखभन्दा बढीको क्षति पुर्याएको पीडित यादवले बताए ।

हात्ती पसेपछि मोहनपुरबासी रातभर सुत्न पाएनन् । उनीहरु आगो बालेर हात्ती भगाएको स्थानीय प्रविन कुमार यादवले जानकारी दिए ।

प्रकाशित : २०७७ पुष १, बुधबार ११:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ