चुनावको तयारी थाल्न निर्वाचन आयोग र सुरक्षा निकाय प्रमुखहरुलाई ओलीको निर्देशन


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारी थाल्न सुरक्षा निकाय र निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

आइतबार साँझ छुट्टाछुट्टै भेटघाटमा ओलीले ती निकायहरुका अधिकारीहरुलाई निर्देशन दिएका हुन् । प्रतिनिधि सभा विघटन गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका लागि छलफल अगाडि बढाएका छन् ।

राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न मिति तोकेकी छिन् । त्यसअघि आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मितिसमेत राष्ट्रपतिलाई सुझाएको थियो ।

निर्वाचन आयोगका पदाधिकारीसँग भेट गरेपछि प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई राखेर छलफल गरेका थिए ।

प्रकाशित : २०७७ पुष ६, सोमबार ०६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ