ओलीको कदमविरूद्ध आन्दोलनको रणनीति बनाउन काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि कांग्रेस विरोधमा छ । उसले यहि विषयमा हिजो सर्वदलीय बैठक आह्वान गरेर छलफल गरेको थियो ।

आजको केन्द्रीय समिति बैठकले ओलीको कदमविरुद्ध कुन स्वरुपमा आन्दोलन गर्ने भन्नेबारे तय हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित : २०७७ पुष ७, मंगलवार १०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ