जनकपुरमा ओली पक्षका युवाहरुको भेला हुंदै, महेश बस्नेत सहभागी


जनकपुरधाम : जनकपुरधाममा कडा सुरक्षाबीच नेकपा अध्यक्ष केपी शर्मा ओली समुहको युवा भेला सुरु हुदैछ । सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा जनकपुरस्थित उधोग बाणिज्य संघको सभाहलमा भेला हुन लागेको हो ।

भेलाका लागि हिजै नेता बस्नेत जनकपुरधाम आएर ‘बाबाको ढाबा’ होटलमा बसेका थिए । उनलाई लिएर सयौं युवा ओली पक्षमा नारा लगाउदै कार्यक्रम स्थलमा आइपुगेका छन् । खाना खाएपछि भेला सुरु हुने बताइएको छ ।

पार्टी फुट्न लागेका बेला यहां ‘पार्टी एकताका लागि युवा अभियान, प्रदेश २’ आयोजक उल्लेखित सुरक्षा समिति र स्वयंसेवक कार्ड युवाहरुले झुण्ड्याएका छन् । भेलास्थलमा जिल्ला र प्रदेशका नेताहरु सहभागी छैनन् ।

प्रकाशित : २०७७ पुष ७, मंगलवार १४:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ