ओलीलाई पार्टीबाटै हटाउने प्रचण्ड-नेपाल समुहको निर्णय


काठमाडौं : ओलीलाई अध्यक्षसहित पार्टीबाट हटाउने प्रचण्ड-नेपाल पक्षीय बैठकले निर्णय गरेको छ ।

कार्की बैंकेटमा आज बसेको बैठकमा ३ सय १० जना उपस्थित थिए । ४४७ मौजुदा सदस्य सख्याको दुई तिहाई हो । नेकपाको मौजुदा केन्द्रीय कार्यसमितिको ४ सय ४७ मध्ये ३ सय १० जनाको उपस्थिति भएको बैठकले ओलीलाई हटाउने निर्णय गरेको छ ।

बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले संसद बिघटन गराएपछि नेकपाभित्रको विवाद चर्किएको थियो ।

यसअघि ओली पक्षीय नेकपा बैठकले केन्द्रीय कमिटी बैठक विस्तार गरी ११ सय ९९ बनाउने निर्णय गरेको थियो । केन्द्रीय सदस्य थपेको जानकारीसहितको पत्र निर्वाचन आयोगमा समेत पठाएको छ ।

प्रकाशित : २०७७ पुष ७, मंगलवार १६:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ