प्रतिनिधीसभा विघटनमाथि संवैधानिक इजलासमा सुनुवाई शुरु


काठमाडौं : प्रतिनिधीसभा विघटनविरुद्ध परेका सबै रिटहरुमाथिको प्रारम्भिक सुनुवाई संवैधानिक इजलासमा शुरु भएको छ । आज रिट निवेदकहरुको तर्फबाट बहस हुनेछ ।

दुवै पक्षका बहस र राय सुन्नुपर्ने भएकाले सुनुवाई केही दिन लम्बिन सक्ने सर्बोच्च स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा शुरु भएको बहसमा भाग लिन बरिष्ठ अधिवक्ताहरु सर्बोच्च अदालत पुगेका छन् ।

आजै विहान प्रधानन्यायाधीश राणाले न्यायाधीशहरु हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ,अनिलकुमार सिन्हा र तेजवहादुर केसीलाई संवैधानिक इजलास तोकेका थिए ।

न्यायपरिषदको सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन् । प्रतिनिधिसभा विघटन संवैधानिक विषय बनेकाले यसको टुंगो लगाउन संवैधानिक इजलासमा पठाउने आदेश राणाको एकल इजलासले बुधवार दिएको थियो ।

रिट निवेदक र बहसकर्ताहरुको सूची लामो भएकाले सुनुवाई लम्बिन सक्ने सर्बोच्च स्रोतले जनाएको छ ।

प्रकाशित : २०७७ पुष १०, शुक्रबार ११:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ