ओलीले गणतन्त्र नै धरापमा पारे : प्रचण्ड


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र धरापमा पारेको आरोप लगाएका छन् ।

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रिय कमिटी निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूहरु गणतन्त्रका लागि लडिरहँदा ओलीले गणतन्त्र असम्भव छ भन्दै आएको समेत स्मरण गराए ।

प्रचण्डले संसद विघटनको प्रस्तावविरुद्ध अदालतले सहि फैसला सुनाउने विश्वास आफूलाई भएको बताएका छन् । उनले संविधानको मर्म र जनताको भावनाअनुसार अदालतको फैसला आउने विश्वासमा रहेको बताए ।

प्रकाशित : २०७७ पुष १०, शुक्रबार १५:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ