अल्बर्ट तालमा डुंगा दुर्घटना : २६ जनाको मृत्यु, २१ जनाको उद्धार


एजेन्सी : युगाण्डा र प्रजातान्त्रिक गणराज्य कंगोको सिमानामा रहेको अल्बर्ट तालमा डुंगा दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार तिब्रगतिमा चलेको हुरीले दर्जनौ मानिस रहेको डुंगा पल्टाउँदा २६ जनाको मृत्यु भएको हो । डुंगा दुर्घटना भएपछि २१ जनाको भने उद्धार गरिएको समाचार संस्था एएफपीले जनाएको छ । खोजीको काम अझै भइरहेको छ ।

खोजी जारी भए पनि अब कोही पनि जीवितै भेटिने सम्भावना निकै कम रहेको खोजीमा संलग्नले बताएका छन् । मृत्यु भएका र हराइरहेका कंगो र युगाण्डाका नागरिक रहेको बीबीसीले जनाएको छ ।

कमजोर सुरक्षा सावधानी र छिनछिनै हुने मौसम परिवर्तनले यो तालमा बारम्बार यस्ता दुर्घटना हुने गरेको खबरमा उल्लेख गरिएको छ ।

प्रकाशित : २०७७ पुष ११, शनिबार ०८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ