लागुऔषध मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ


बारा, २९ भदौं। तीन वर्षदेखि फरार रहँदै आएका लागुऔषधका एक प्रतिवादीलाई बारा प्रहरीले आइतबार पक्राउ गरेको छ।

प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ वस्ने ३५ वर्षीय प्रभु चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका चौधरीलाई जिल्ला अदालत बाराले लागुऔषध हिरोइन मुद्दामा सात महिना पाँच दिन कैद सजाय तोकेकोमा हालसम्म उनी फरार रहँदै आएका थिए।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारामा पठाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

प्रकाशित : २०७६ भाद्र २९, आईतवार १४:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ