नेपाल किन आउँदैछन् चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय टोली ?


काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीको एक उच्चस्तरी भ्रमण टोली आज नेपाल आइपुग्दैछ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन आएर राजनीतिक संकट गहिरिएको अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीको टोली नेपाल भ्रमणमा आउन लागेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय समिटीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहित चार सदस्यीय टोली आज दिउँसो काठमाडौं आइपुग्नेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीको टोलीको भ्रमणको उद्देश्य प्रष्ट नपारेपनि नेपालमा संसद विघटन र नेकपाको विभाजनपछिको अवस्थाका बारेमा छलफल हुने अनुमान गरिएको छ ।

प्रकाशित : २०७७ पुष १२, आईतवार ०९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ