प्रदेश २ : मिलको फित्तामा बेरिएर १७ वर्षीया युवती पण्डितको मृत्यु


राजविराज : सप्तरीमा आफैले चलाएको मिलको फित्तामा बेरिएर एक युवतीको मृत्यु भएको छ ।

मिलको फित्तामा कपाल बेरिएर कृष्णसावरन गाउपालिका ६ कि १७ वर्षीया नेमिया कुमारी पण्डितको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले बताए ।

उनका अनुसार मिलमा बेरिएर किशोरी गम्भीर घाइते भएपछि आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका थिए । तर प्रत्यक्षदर्शीले घटनाबारे प्रहरीलाई बताएपछि बाहिरिएको हो ।

मृतक किशोरीको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा लगिएको छ ।

प्रकाशित : २०७७ पुष १३, सोमबार ०९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ