अन्सिका शर्मा बनिन् ‘मिस युनिभर्स नेपाल-२०२०’, निमाकान्त मण्डल दोस्रो !


काठमाडौं : अन्सिका शर्मा ‘मिस युनिभर्स नेपाल-२०२०’ बनेकी छन् । विजयी बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन् ।

यस्तै पहिलो रनर्सअप सुजिता बस्नेत तथा दोस्रो रनर्सअप निनाकान्त मण्डल बनकी छन् । तेस्रो रनर्सअप र चौथो रनर्सअप क्रमशः दीप्ता थापा र न्यान्सी खड्का भएका छन् ।

यो वर्ष मिस युनिभर्स प्रतियोगिता छुट्टै आयोजना गरिएको हाे । यसअघि ‘मिस नेपाल’ प्रतियोगिता आयोजना गरिरहेको हिडन ट्रेजरले पनि गत फागुनदेखि मिस युनिभर्ससँग सहकार्य गरेको हो ।

म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रान्चाइजी रहेको रियालिटी सो ३ वर्षअघि सुरु भएको हो ।

सन् २०१७ मा नग्मा श्रेष्ठले याे स्थापना गरेकी हुन् भने सहसंस्थापक सीजी कर्पोरेसेन ग्लेबल हाे ।

प्रकाशित : २०७७ पुष १६, बिहीबार ०७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ