सर्भरमा समस्या : लाइसेन्सको आवेदन भर्न बन्द गरियो


काठमाडौं : कोरोना भाइरसको कारण ९ महिना बन्द भएको सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को अनलाइन आवेदन फारम भर्न बन्द गरिएको छ ।

गत मंगलबारदेखि खुलेको अनलाइन फारम सर्भरको मर्मत कार्यको लागि सोमबार अनलाइन सर्भर बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका अनुसार लामो समयपछि अनलाइन फारम खुलेकाले फारम भर्नेको चाप थेग्न नसकिने अवस्था आएकाले सर्भरमा समस्या देखिएको हो ।

सर्भरको समस्या समाधान हुनेवितिकै भोलिदेखि पुन अनलाइनबाट नै फारम भर्न सकिने विभागले जनाएको छ ।

प्रकाशित : २०७७ पुष २०, सोमबार १४:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ