गृहमन्त्री चितवन पुग्दा उडाइयो ‘लाल गद्दार’ लेखिएको कालो बेलुन


काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलविरुद्ध गृहजिल्ला चितवनमा प्रदर्शन भएको छ । पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका कार्यकर्ताले बादलविरुद्ध प्रदर्शन गर्दै कालो बेलुन उडाएका हुन् ।

प्रधानमन्त्री केपी ओली पक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका गृहमन्त्री बादलको विरोधमा  कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो । 

चितवनमा अझै प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल पक्षको कार्यक्रम चितवनमा भइरहेको छ । कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध प्रचण्ड-नेपाल समर्थकले बेलुन उडाएर विरोध जनाएका हुन् ।

प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले विभिन्‍न कार्यालय, होटल र बिजुलीका पोल तथा रुखहरूमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन् । बादल ‘लाल गद्दार’ र संवैधानिक ‘कू’का मतियार लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको हो ।

पूर्व माओवादी समूहबाट गृहमन्त्री रहेका बादल संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा लागेका छन् । प्रचण्डसँग गम्भीर विमति जनाएका उनले अन्तिममा ओलीलाई रोजेका थिए ।

प्रकाशित : २०७७ पुष २०, सोमबार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ