गोलबजारमा मोवाइल पसल तोडेर चोरी गर्ने ३ चोर पक्राउ, समान पनि बरामद


लहान, ३० भदौं । सिरहाको गोलबजार नगरपालिका ४ स्थितमा भरत प्रसाद साहको घरमा संचालन गरेको राजु ईन्टरप्राईजेज मोवाईल पसलमा चोरी गर्ने ३ चोर पक्रउ परेका छन् ।

सिरहा प्रहरीले अनुसन्धान पश्चात चोरहरुलाई चोरीको समानसहित पक्राउ गर्न सफल भएको हो । भदौं २२ गते राति मोवाइल पसलको सटरमाथिको भेन्टिलेशन फुटाएर नगद २ लाख ९५ हजार, ३ लाख ५० हजार बराबरको रिचार्ज कार्ड र ८ लाख ८ लाख ९८ हजार ८ सय बराबरको ४४ थान मोवाइल चोरी गरिएको थियो ।

सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन

उक्त चोरी घटनामा संलग्न सिरहा अर्नामा गाउँपालिका ३ लालपुरका रामेश्वर साफी, सोही ठाउँका बिन्दु कुमार महतो र अरुण कुमार महतोलाई पक्राउ परेका छन् । उनीहरुको घरबाट चोरी भएको समानहरु समेत बरामद भएको सिरहाका एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

बरामद मोवाइलहरु

प्रहरीले पक्राउ परेका तीनै जनामाथि कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित : २०७६ भाद्र ३०, सोमबार ०२:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ