ठाकुर राम क्याम्पसका प्रमुख कुशवाहाको निधन, मुख्यमन्त्री राउतद्वारा श्रद्धाञ्जली व्यक्त


पर्सा : मुख्यमन्त्री लालबाबु राउतले  ठाकुर राम बहुमुखी क्याम्पस विरगंजका क्याम्पस प्रमुख डा. कुशावाहाको असामयिक निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

५२ वर्षको उमेरमा बुधवार राति निधन भएको कुशवाहाको संस्थापक रहेको ओम इन्टरनेशनल कलेज पुगी मुख्यमन्त्री राउतले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे । ठाकुर राम क्याम्पसमा अध्यापन गराउँदाको दिनहरुलाई सम्झिदै मुख्यमन्त्री राउतले उहाँको मिलनसार व्यक्तित्व, शालिन्ता अविस्मरणीय रहने उल्लेख गरे ।

कोरोना कालमै निधन भएको प्राध्यापक प्रमोद गुप्तालाई समेत स्मरण गर्दै मुख्यमन्त्री राउतले उनीहरुको निधनले ठाकुर राम क्याम्पस र विरगंजको समग्र शैक्षिक क्षेत्रलाई अपूर्णीय क्षति भएको बताएका छन् । 

उक्त श्रद्धाञ्जलीसभामा जसपा केन्द्रिय सदस्य विरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदिन अहमद, ठाकुर रामका पूर्व क्याम्पस प्रमुख डा. प्रमोद कुशवाहा, पिरामेड कलेजका प्रमुख संजय सिंह सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ पुष २३, बिहीबार ११:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ