सप्तरीमा घर अगाडि राखेको गाडीमा आगो लगाइयो, आधा भाग जल्यो


राजविराज : सप्तरीमा रोकि राखेको एक भ्यानमा आगजनी गरिएको छ । गएराति सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा रोकि राखेको स १ च १७२५ नं पिकअप भ्यानमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै घर अगाडि रोकिराखेको बेचन मुखियाको पिकअप भ्यानमा राति १ बजेतिर आगो लगाइएको हो । आगजनी गर्ने व्यक्ति तथा समूह पत्ता नलागेको प्रहरीले जानकारी दिएको छ ।

के कारण र कसले आगो लगाएको नखुलेको र  घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । आगलागीबाट गाडीको करिब आधा भाग जलेर नष्ट भएको छ ।

प्रकाशित : २०७७ पुष २७, सोमबार ११:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ