संसद पुनःस्थापना मात्रै हुनुपर्छ भन्ने कूतर्क हो : विमलेन्द्र निधि


काठमाडौं : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस अदालतको निर्णय कुरेर बसेको बताएका छन् । काँग्रेस संसद पुनस्थापना र निर्वाचन दुवैको तयारीमा नभइ अदालतको निर्णय कुरेर बसेको बताए ।

एक टेलिभिजनसँग कुरा गर्दै उनले भनेका छन्, ‘अदालतले छिटो निर्णय गर्दियोस ।’ निर्वाचन र संसद पुनस्थापना दुवै निर्णय अदालतले गरेपनि काँग्रेस दुवैलाई स्विकार्ने उनले बताए ।

संसद पुनस्थापना मात्रै हुनुपर्छ अरु विकल्प छैन भन्नु अराजनीतिक र कूतर्क भएको उनको तर्क छ । निधिले काँग्रेस पुनस्थापना भएपनि काँग्रेस सरकारमा नजाने उनले दावी गरे ।

प्रकाशित : २०७७ माघ २, शुक्रबार ११:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ