संघीय राजधानी काठमाडौँ बाहिर सारौँ : बाबुराम भट्टराई


काठमाडौं : पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय राजधानी काठमाडौँ बाहिर सार्न प्रस्ताव गरेका छन् । मंगलबार अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै संघीय राजधानीलाई उपत्यकाबाहिर सार्न प्रस्ताव गरेका हुन् ।


अध्यक्ष भट्टराईले विकास र संरक्षणबीचको अन्तरसम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौँ उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य हुने चिन्ता व्यक्त गरेका छन् । उनले यसको अन्त्यका लागि तुरुन्त राष्ट्रिय भू-उपयोग नीति लागू गर्नसमेत माग गरेका छन् ।

‘विकास र संरक्षणबीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाडौँ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो ! तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं ! संघीय राजधानी काठमाडौँ बाहिर सारौं !’, डा. भट्टराईले ट्विटरमा लेखेका छन् ।

प्रकाशित : २०७७ माघ ६, मंगलवार ११:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ