धनुषामा सुनचाँदी र नगद गरी पाँच लाखको लुटपाट


जनकपुरधाम : धनुषाको विदेह नगरपालिका ३ चिकनामा मंगलबार राति लुटपाट भएको छ । स्थानीय सगमलालको घरमा डेरा गरी बस्ने विजय साहको कोठामा लुटेरा समूहले लुटपाट गरेको हो ।

लुटेरा समूहले २ लाख नगद, तीनतोला सुन र ४० तोला चाँदी गरि पाँच लाख रुपैयाँ भन्दा बढीको लुटपाट गरेको दुहबी प्रहरीचौकीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुर घर भएका साहले विदेह नगरपालिकाको तीनकौरिया बजारमा ज्वेलर्स सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित : २०७७ माघ ७, बुधबार ११:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ