मलेशियामा मृत्यु भएका १७ नेपालीको शव नेपाल ल्याइयो


काठमाडौं : रोजगारीका लागि मलेशिया गएर विभिन्न कारणले उतै मृत्यु भएका १७ नेपालीको शव स्वदेश ल्याइएको छ ।

नेपाल वायुसेवा निगमको बाइडबडी  विमानबाट शनिबार उनीहरुको शव नेपाल ल्याइएको हो । मलेशियामा मृत्यु भएकाको शव ल्याउनका लागि निगमको जहाज शुक्रबार राति मलेशिया गएको थियो । निगमले नै उनीहरुको शव नेपाल ल्याउन पहल गरेको हो ।

मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्न मलेशियामा मृत्यु भएकाको शव नेपाल ल्याइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।

प्रकाशित : २०७७ माघ १०, शनिबार १५:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ