महोत्तरी : दैनिक गोमन सर्प निस्केपछि नागदेउता भन्दै हेर्नेको भीड


जनकपुरधाम : महोत्तरीको बलवा नगरपालिकाको रौजाटोलमा दैनिक गोमन सर्प निस्कने गरेको छ । बलवा नगरपालिका ११ रौजा टोलका स्थानीय सतलाल राउतको खेतको आलीमा एउटै गौमन सर्प दैनिक रुपमा निस्किने गरेको स्थानीय मनोज पटेलले जानकारी दिए ।

मनोजका अनुसार करिब एकमहिनादेखि दैनिक दिउँसो दुलोबाट निस्किने सर्प नजिक जाँदा समेत मानिसहरुलाई केहि नगर्दा नाग देउता भन्दै स्थानीयले पूजाअर्चना समेत गर्ने गरेका छन् । गोमनलाई सुरुमा घाँस काट्न गएका महिलाहरुले देखेका थिए । नियमित सर्पलाई देखेपछि महिलाहरुले स्थानीयलाई जानकारी गराएका थिए ।

स्थानीयले जानकारी पाएपछि हेर्न सयौं मानिस पुग्ने गरेका छन् । सर्प निस्किने ठाउँमा स्थानीयले सरसफाई गरी बाँसको बार लगाएका छन् । दिउँसो १२देखि साढे १२ बजेसम्ममा दुलोबाट निस्कने र दिउँसो चार बजेसम्ममा दैनिक रुपमै दुलोमा पस्ने गरेको स्थानीयको भनाइ छ ।

‘नजिक जाँदा, जिस्काउँदा पनि मानिसहरुलाई सर्पले केहि गर्दैन । त्यसैले दिनहुँ वरपरका गाउँबाट सयौंको संख्यामा स्थानीयहरु नगदेउता भन्दै दर्शन तथा पूर्जाअर्चना गर्न आउँछन्,’ स्थानीय मनोजले भने ।

नेपाल खबर

प्रकाशित : २०७७ माघ १४, बुधबार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ