बसमा आगो लागेपछि ५३ जनाको मृत्यु


एजेन्सी : यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बसमा आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको र उनीहरुको पहिचान गर्न सकिएको छैन । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको बताइएको छ ।

सरकारी अधिकारीहरूले घटना बारेमा अनुसन्धान भइरहेको बताएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ ।

प्रकाशित : २०७७ माघ १५, बिहीबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ