प्रदेश २ : यतिधेरै नशालु सुई र ट्याब्लेटसहित तीन युवक पक्राउ


पर्सा : हजारौं थान नशालु सुई र ट्याब्लेटसहित पर्सा र रौतहटबाट तीनजना पक्राउ परेका छन् ।

अटोमा लुकाई लागुऔषध ल्याउदै गरेको अवस्थामा ६ सय नशालु एम्पुल पर्सा प्रहरीले पोखरिया नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अटो चालक पकहामैनपुर गाउँपालिका १ का २८ बर्षिय जलान्धर दास र अटोमा सवार सोही ठाउँका २० वर्षीय जय प्रकाश मेहता रहेका छन् ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले ना १ ह ४६४४ नम्बरको अटोलाई चेकजाँच गर्नेक्रममा अटोमा पिठोको बोरा र कपडाको झोलामा लुकाई ल्याउदै गरेको अवस्थामा दुबैजनालाई नशालु ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय चपुर र लागूऔषध नियन्त्रण व्यूरो, वीरगंजबाट संयुक्त रुपमा खटिएको टोलीले रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने मंगलपुर चोकमा चेकजाँच गर्नेक्रममा सर्लाही बागमती नगरपालिका ४ बस्ने २७ बर्षिय शेर बहादुर कुश्वारलाई पक्राउ गरिएको छ ।

कुश्वारले चलाएको बा ९३ प ८६१ नम्बरको मोटर साईकललाई चेकजाँच गर्दा उनले लगाएको ज्याकेट भित्र लुकाई छिपाई ल्याएको सात वटा प्याकेटमा रहेका २ हजार १ सय पिस लागुऔषध निट्राभेट टयाब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ माघ १६, शुक्रबार १९:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ