धनुषा : घुस लिँदैगर्दा विद्युतका ४ कर्मचारी अख्तियारको फन्दामा


सिबेन्द्र रोहिता/ जनकपुरधाम : घुस लिँदैगर्दा धनुषाको मिथिला नगरपालिकाबाट आज साँझ नेपाल विद्युत प्राधिकरणका चार कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण सखुवा बितरण केन्द्र महेन्द्रनगर अन्तर्गत ढल्केबर फ्यूज सेवामा कार्यरत सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यम कुमार महतो, ज्यालादारी प्राबिधिक नबलकिशोर राउत र दोस्रो तहका करार कर्मचारी मनोहर कुमार महतो छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई रू ५ हजार घुसको रकमसहित पक्राउ परेको हो । मिथिला नगरपालिका ५ स्थित रन्जित कुमार महतोको पोल्टी फर्ममा नया मिटर जडान गर्ने नाममा ५ हजार घुस लिने क्रममा उनीहरु पक्राउ परेको अख्तियारको एक अधिकारीले जानकारी दिए ।

चारै जनालाई अख्तियारको बर्दिबास कार्यालय लगिएको छ । उनिहरुमाथि अनुसन्धान तथा कारबाही अगाडी बढाएको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७७ माघ १६, शुक्रबार १९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ