जनकपुरका यूवा नेता मिश्र र खान नेकपा ओली समुहमा प्रवेश


जनकपुरधाम : जनकपुरका यूवा नेता सरोज मिश्र ‘मास’ र जानी खान ‘मधेसी’ नेकपा ओली समुहमा प्रवेश गरेका छन् ।

जसपामा आबद्ध उनी दुबैजना केहिदिन अगाडी नै काठमाडौं पुगेर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबाट टिका लगाए । तर पार्टी प्रवेश नगरेको बताउदै आएका आएका थिए ।

आज दुबैजना नेकपामा प्रवेश गरेको घोषणा सामाजिक संजालमार्फत गरेका हुन् । यूवा नेता मिश्रले फेसबुकमा लेखेका छन्, ‘म सरोज मिश्र मास आजको मिति बाट मधेश मुद्दाको सुनिश्चितता र देशको उन्नति प्रगतिका निमित नेकपा प्रवेश गरेको घोषणा गर्दछु ।’

प्रकाशित : २०७७ माघ १६, शुक्रबार २१:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ