जनकपुरमा २७ राउण्ड गोली चल्यो : ११ जना पक्राउ, पूर्वमन्त्री र प्रहरी घाईते


जनकपुरधाम : प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा जनकपुरमा प्रहरीले २७ राउण्ड हवाई फायर गरेको छ ।

नेकपा नेता रामचन्द्र झा र मातृका यादव नेतृत्वको टोलीले जवरजस्ती पसल बन्द गराउँन खोजेपछि व्यापारी र आन्दोलनकारी समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

आन्दोलनकारीले प्रहरीमाथि समेत ढुङ्गामुडा गरेपछि हवाई फायर र १२ राउण्ड आश्रुग्यास प्रहार गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार झडपमा २ प्रहरी र नेता रामचन्द्र झा घाइते भएका छन् । ११ जनालाई नियन्त्रणमा लिइएको डीआईजी सिंहले जानकारी दिए ।

प्रकाशित : २०७७ माघ २२, बिहीबार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ