सिरहाबाट अपहरित बालक भारतमा भेटिए, अपहरणकारी भेटिएन


सन्तोष यादव/ जनकपुरधाम : तीन दिनअघि सिरहामा आँगनबाटै अपहरणमा परेका २ वर्षीय बालकलाई प्रहरीले भारतबाट सकुशल उद्धार गरेको छ । तर अपहरणकारीलाई भने पक्राउ गर्न प्रहरी असफल भएको छ ।

सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका २ वर्षीय छोरा प्रियांशु यादव आँगनमा खेलिरहेका बेला अपहरणमा परेका थिए । जानकारी पाएसँगै प्रहरीको सादा पोशाकको टोलीले बालकलाई भारतको मधुवनीको खोजडी गाउँबाट उद्धार गरेको हो ।

एसपी सुदीपराज भण्डारी भन्छन्, ‘पहिलो दायित्व बच्चालाई सकुशल उद्धार गर्नु थियो । हामी सफल भयौं । जसरी बच्चासम्म पुग्यौं, त्यसरी नै अन्य बेपत्ता मान्छेसम्म पुग्न अनुसन्धान गरिरहेका छौं ।’ उनले बच्चा कस्तो अवस्थामा रहेका बेला उद्धार गरेको भन्नेबारे केहि बताएनन् ।

उनका अनुसार बच्चा फेला परेको भारतीय गाउँ सीमा क्षेत्रबाट करिव ७/८ किलोमिटर दूरीमा पर्छ । बच्चालाई उद्धार गरेर ल्याउने वित्तिकै प्रहरीले आमा संगीता कुमारी यादवलाई जिम्मा लगाएको छ । तर अपहरणकारी पक्राउ नपर्दा प्रहरीको अनुसन्धानमा शंका देखिएको भने छ ।

प्रकाशित : २०७७ माघ २३, शुक्रबार ०९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ