बर्दिबासमा प्रचण्ड–नेपालका नेताले ‘भिजलान्ते’ शब्द प्रयोग गरेकोमा काँग्रेसको आपत्ति


ललन मण्डल, बर्दिबास : आम हड्तालका क्रममा बिहीवार नेकपा प्रचण्ड–नेपाल समूहका नेताले ‘भिजलान्ते’ शब्द प्रयोग गरेकोमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

काँग्रेसका केन्द्रीय संगठन विभाग सदस्य चिरिञ्जिवी हमाल, महोत्तरी क्षेत्र १ का सभापति महेश कुमार झा, बर्दिबास नगर सभापति वाणिकराज काफ्ले, नेवि संघ महोत्तरीका सभापति गुणहरी घिमिरे र नेपाल तरुण दलका बर्दिबास नगर सभापति विनोद ढुङ्गेलले विज्ञप्ती जारी गरेर आपत्ति जनाएका छन् ।

विरोध सभामा नेताहरुले काँग्रेस पार्टीलाई अत्यन्त क्षुद्र भिजलान्ते शब्दको प्रयोग गरी अराजनितिक ढंगबाट अभिव्यक्त गरिएका विचारप्रति नेपाली काँग्रेसको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रयोग भएका निकृष्ट शब्द सार्वजनिक रुपमा आत्मआलोचनासहित फिर्ता नलिए कडा रुपमा प्रतिवाद गर्ने नेकपा प्रचण्ड–नेपाल समूहका नेतालाई चेतावनी समेत काँग्रेसले विज्ञप्तीमार्फत दिएको छ ।

प्रकाशित : २०७७ माघ २३, शुक्रबार ११:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ