दलितमाथिको विभेद अन्त्य नभए समृद्धि असम्भव : मुख्यमन्त्री राउत


जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन् ।

समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि अनेकौँ योजना ल्याएको जनाए । मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाको प्रतिफल ५/१० वर्षपछि समाजले अनूभूति गर्ने बताए ।

संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरुको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उनले त्यसै कारण आफूहरु हरेक ऐन कानूनमा दलित महिला मुस्लिमलगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको जानकारी गराए ।

कार्यक्रममा प्रदेशसभा सदस्य चमेलीदेवी दास, दलित अगुवा भोला पासवानलगायतले सम्बोधन गरेको थियो । यस प्रदेशमा समेत दलितमाथि विभेद कायम रहेको उनीहरुको गुनासो थियो ।

प्रकाशित : २०७७ माघ २३, शुक्रबार २१:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ