औरहीका अधिकृत यादवले आफैंबाट सुरुवात गरे खोप अभियान


धर्मेन्द्र पासवान, सिरहा : सिरहाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवले कोरोना विरुद्धको खोप  लगाएका छन् ।

भारत सरकारले नेपाललाई कोरोना विरुद्धको खोप कोभिशिल्ड अनुदानमा  दस लाख डोज उपलब्ध गराएको थियो । अहिले देशभर खोप अभियान जारी छ । सोही क्रममा प्राथमिक स्वास्थ्य केन्द औरहीमा एक समारोहबीच अधिकृत यादवले खोप लगाए ।

पहिलो चरणमा लक्षित समुह अन्तर्गत कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालक लगायतलाई खोप दिन थालिएको छ। खोप लगाउँदा कुनै साइड इफेक्ट नगर्ने सन्देश दिन पहिले आफैंबाट खोप अभियान सुरुवात गरिएको अधिकृत यादवले टुडे खोजलाई जानकारी दिए ।

सिरहा अस्पताल र लहान अस्पतालपछि बाहिर खोप लगाउन सुरु गरेको यो नै पहिलो पटक हो । स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले खोप लगाउन सुरु गर्नुभन्दा अगाडि खोप लगाउने कर्मचारीलाई खोपको बारेमा प्रशिक्षण दिएका थिए । साथै खोप पुर्ण सुरक्षित रहेको पनि उनले दावी गरे ।

गाउँपालिकामा कार्यरत सुरक्षाकर्मीलाई सिरहा गएर खोप लगाउँंदा धेरै समय खर्चिनु पर्ने वाध्यताको अन्त्य सगै आर्थिक वचत हुने गाउँपालिकाको स्वास्थ्य संयोजक उपेन्द्र कुमार यादवले जानकारी गराए ।

सुरक्षाको दृष्टीकोणले पनि सिमामा सशस्त्र प्रहरी वल र नेपाल प्रहरीलाई नजिकैमा खोप उपलब्ध गराएकोमा सीमा सुरक्षा वल ईटाटारका सशस्त्र प्रहरी निरीक्षक निर्मल वुढाथोकी र सीमा सुरक्षा वल बरियारपट्टीका सशस्त्र प्रहरी निरीक्षक रुद्र वुढाथोकीले कोरोना भाइरस विरुद्ध खोप लगाएर  खुसी हुँदै स्वास्थ्य कार्यालय र गाउँपालिकालाई  धन्यवाद समेत व्यक्त गरे ।

खोप उद्घाटन कार्यक्रममा गाउँपालिका ४ का वडाध्यक्ष उपेन्द्र यादव र ५ का वडाध्यक्ष दिलिप कुमार यादव, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. नवीन महतो, कोविड-१९ अस्थायी अस्पतालका प्रमुख डा. सरोज कुमार साह, गाउँपालिकाको स्वास्थ्य सह-संयोजक जर्वन कुमार यादव र गाउँपालिकाको प्रशासन प्रमुख सन्तोष कुमार यादवको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ माघ २४, शनिबार ०८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ