सप्तरीबाट भरुवा बन्दुकसहित माझी र मण्डल पक्राउ


जनकपुरधाम : सप्तरीबाट भरुवा बन्दुकसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–२, भलुवाहीका २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डल रहेका छन् ।

सप्तरीका डीएसपी एव प्रवक्ता भुवनेश्वर साहले गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीको टोलीले घरमा छापामारी गर्दा एकनाले भरुवा बन्दुकसहित दुबैजनालाई आइतबार बिहान पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका दुवै युवकमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ माघ २५, आईतवार ११:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ