प्रचण्ड–नेपालको अर्को ‘बृहत् प्रदर्शन’, हेर्नुस् कहाँ कसले नेतृत्व गर्ने


काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाकै प्रचण्ड–माधव समूहले पर्सि बुधबार ९माघ २८ गते० फेरि विरोध सभा गर्ने भएको छ । जसका लागि यो समूहका केन्द्रीय नेतृत्वकर्ताहरू अघिल्लो हडतालझैं सडक संघर्षमा उत्रिने भएका छन् ।

केन्द्रीय संघर्ष समितिका अनुसार पाँच ठाउँबाट जुलुस निस्कने छ । जसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेकका सबै केन्द्रीय नेताहरूले गर्नेछन् ।

सबै सहायक जुलुस ११ बजे सुरु हुने आज प्रकाशित एक सूचना उल्लेख गरिएको छ । मूल जुलुस १२ बजे सुरु हुने संघर्ष समितिले जनाएको छ । मुल जुलुस सुन्धारा –वीरअस्पताल–जमल–घण्टाघर–बागबजार– पुतलीसडक–पद्मोदय मोड–प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपस्थित सभास्थलमा पुग्ने उल्लेख गरिएको छ ।

कहाँ कुन मोर्चामा कसले नेतृत्व गर्दै ?

प्रकाशित : २०७७ माघ २६, सोमबार २१:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ