सिरहा : काँग्रेसका जनप्रेमी नेता मण्डल जसपामा प्रवेश


जनकपुरधाम : नेपाली कांग्रेस कल्याणपुर नगरपालिका ३ इटारी प्रसाहीका जनप्रेमी नेता कारी मण्डल जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

सोमवार सांझ नेता मण्डललाई प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जसपामा प्रवेश गराए । राज्यमन्त्री मण्डलले उनलाई फुलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

मण्डल जसपामा प्रवेश गरेपछि स्थानीय कार्यकर्ता खुशी भएका छन् । मण्डलले स्थानीय स्तरमा राम्रो पक्कड बनाएका नेता हुन् ।

प्रकाशित : २०७७ माघ २७, मंगलवार ०७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ