विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा शाक्य नियुक्त


काठमाडाैं : सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हालका निमित्ति हितेन्द्रदेव शाक्यलाई चार वर्षका लागि नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको सोमवार बसेको बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व जिम्मा लगाएको हो । यसअघिका प्रबन्धक निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो ।

घिसिङले पुनः नियुक्तिका लागि लबिङ गरेपनि त्यसबेला सरकारले पुनःनियुक्ति नगरेपछि उनको सम्भाबना सकिएको थियो ।

प्रकाशित : २०७७ माघ २७, मंगलवार १०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ