रौतहटमा पनि निर्वाचनको तयारी, थपियो ३० मतदान केन्द्र


रौतहट : सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि अहिले जिल्ला निर्वाचन कार्यालय रौतहटले गतिविधिलाई तीव्रता दिएको छ ।

निर्वाचनको तयारीका लागि १८ वटा स्थानीय तहको १५७ वडा कार्यालयमा अध्यावधिको कागज पठाइसकेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताए ।

वडाबाट मृत्यु भएका तथा मतदाताबाट नाम हटाउनुपर्ने उजुरीअनुसार अध्यावधिको भइरहेको निर्वाचन अधिकारी दासले बताए । निर्वाचन आयोगले पछिल्लो पटक पठाएको मतदाताको तथ्यांकअनुसार आगामी निर्वाचनमा रौतहटमा करिब ३० वटा मतदान केन्द्र थपिने समेत दासले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा ४४९ मतदान केन्द्र थियो । अहिले करिब ४८१ केन्द्र हुने भएको छ ।

रौतहटमा २०७४ सालको निर्वाचनमा ३ लाख २९ हजार ८६१ मतदाता रहेका थिए । पछिल्लो मतदाता संख्या ३ लाख ६० हजार ६४० रहेको दासले जानकारी दिए । मतदाताको अन्तिम परिणामको संख्या फागुन २० गतेभित्र नै आउने समेत निर्वाचन अधिकारी दासले बताए।

प्रकाशित : २०७७ माघ २७, मंगलवार १४:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ