जनकपुरकी एसिड पीडित आरतीलाई प्रदेश २ सरकारले जागिर दिने


जनकपुरधाम : जनकपुरधामकी एसिड पीडित आरती साहलाई प्रदेश सरकारले जागिर दिने भएको छ ।

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले साहलाई आउँदो आर्थिक वर्षको साउन १ गतेदेखि आफ्नो कार्यालयमा कार्यालय सहायकको रुपमा नियुक्ति दिने सहमति गरेका छन् ।

मुख्यन्यायाधिवक्ता झाले आरतीलाई आगामी आर्थिक वर्षमा जागिर दिने र न्याय पनि पाउने बताए । उनले आरतीको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको र अन्तिम अवस्थामा रहेको जानकारी दिए ।

गत कात्र्तिक १९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए ।

यस घटनामा जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको छ ।

देशसंचारबाट साभार

प्रकाशित : २०७७ माघ २८, बुधबार १३:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ