प्रदेश २ का मन्त्रीहरुको सुरक्षा तत्काल सशस्त्र प्रहरीले नै गर्ने


जनकपुरधाम : प्रदेश २ का मन्त्रीहरुको सुरक्षामा खटेका सशस्त्र प्रहरीलाई तत्काल फिर्ता नबोलाउने सहमती भएको छ ।

बिहीवार बसेको प्रदेश सुरक्षा समितिको बैठकमा सुरक्षाको अर्को व्यवस्था नगरेसम्म सशस्त्र प्रहरीलाई फिर्ता नबोलाउने सहमती भएको हो । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले भिआइपीको सुरक्षाका लागि नेपाल प्रहरी नपठाएसम्म सशस्त्रलाई फिर्ता नबोलाउने निर्णय भएको बताए ।

उनले भने, ‘संघीय सरकारले अचानक समन्वय पनि नगरी सशस्त्रलाई फिर्ता बोलाउने निर्णय गर्यो । तर पहिले नेपाल प्रहरीलाई त पठाउनुपर्यो । भ्याकुम राखेर सशस्त्रलाई फिर्ता बोलाउन मिल्दैन ।’

उनले भिआइपी सुरक्षामा नेपाल प्रहरी खटाउने विषयमा समन्व्यका लागि सशस्त्र र नेपाल प्रहरीका प्रमुख प्रमुख डिआइजीलाई जिम्मेवारी दिएको पनि जानकारी दिए ।

प्रकाशित : २०७७ माघ ३०, शुक्रबार १०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ