जनता समाजवादी पार्टीका नेता हवारी पनि ओली समूहमा प्रवेश


जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का नेता इस्लाम हवारी पनि नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रवार विहान नेता हवारीलाई पार्टीमा प्रवेश गराएका हुन् । वीरगञ्ज घर भएका नेता हवारीलाई ओलीले खादा ओढाएर पार्टीमा प्रवेश गराएका छन् ।

जसपाका नेताहरुलाई ओली समूहले टार्गेट बनाएर पार्टीमा भित्र्याइरहेका छन् । यसअघि नै जसपाका नेता तथा पूर्व साँसद शिवजी यादव र बबन सिंह ओली समूहमा प्रवेश गरिसको छन् ।

प्रकाशित : २०७७ माघ ३०, शुक्रबार १२:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ