काठमाडौंमा प्रतीकात्मक शव बोकेर महिलाहरुले किन गरिन् मार्चपास ?


काठमाडौं : देशमा पछिल्लो समय महिलामाथि भइरहेका बलात्कारसहितका हिंसाका घटनाविरुद्ध वसन्तपुरदेखि सिंहदरबारसम्म मार्चपास गरिएको छ । महिलामाथिका हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतीकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेको हो ।

महिलामाथि निरन्तर हिंसा बढिरहँदा पनि सरकारले दोषीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै मार्च पासमा सहभागीहरुले आक्रोश पोखेका छन् । उनीहरुले न्याय चाहियो, महिला हिंसा अन्त्य गर जस्ता नारा लगाएका थिए ।

यो मार्च पासमा अधिकांश सहभागी महिला र किशोरीहरु छन् । हिंसा र बलात्कारविरुद्ध आवाज उठाउँदै प्रतीकात्मक शव र मलामीसहित उनीहरुले वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्च पास गरेका हुन् ।

वसन्तपुरदेखि अघि बढेको यो जुलुस न्युरोड गेट, रत्नपार्क, भृकुटीमण्डप र भद्रकाली हुँदै सिंहदरबार मूल गेटसम्म आइरहेको छ। सिंहदरबार मुलगेट अगाडि कोणसभा तयारी गरिएको छ ।

फरकधार

प्रकाशित : २०७७ माघ ३०, शुक्रबार १५:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ