दुई पुरुषले पुरुषलाई नै बलात्कार गरेपछि…


झापा : झापाको कनकाई नगरपालिकामा दुई पुरुषले अर्का पुरुषलाई जबरजस्ती करणी (बलात्कार) गरि घाइते बनाएका छन् ।

कनकाई नगरपालिका ७ बिरिङ नदीको लुकुनी खाडीमा ती दुई पुरुषले जबरजस्ती करणी गरि अर्का एक पुरुष घाइते बनाएकाे प्रहरीले जनाएको छ ।

गत शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ वर्षीय पारस तामाङ र कनकाई ७ का २१ वर्षीय विनोद टुडुले कनकाई ७ का ३० वर्षीय एक युवकलाई खोला किनारामा बलात्कार गरि सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पतालमा उपचार भैइरहेको तथा बलात्कारमा संलग्न दुवैलाई पक्राउ गरि अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन ३, सोमबार ०८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ