प्रदेश २ : डिजेल भारततर्फ तस्करी गर्ने ट्यांकर चालकसहित ३ जना पक्राउ


वीरगञ्‍ज : ट्यांकरको च्याम्वरमा लुकाएर डिजेल भारततर्फ लैजाने चालकसहित तीनजना वीरगञ्जबाट पक्राउ परेका छन् ।

टयाँकरको च्याम्बरमा लुकाएर भारततर्फ डिजेल लैजाने टयाँकरका चालक मकवानपुर मनहरी गाउँपालिका ३ बस्ने राम कृष्ण उप्रेती, राकसीराग गाउँपालिका ३ बस्ने सह चालक अशोक पाख्रिन र वीरगञ्ज महानगरपालिका २२ मा रहेको स्वेता आलय ट्रेडर्सका मुन्सी शम्भु महतो रहेका छन् ।

ना ७ ख १५११ नम्बरको टयाँकरको च्याम्बरमा १ हजार लिटर र फ्युल ट्याङकमा ३ सय ६० लिटर गरी १ हजार ३ सय लिटर डिजेल स्वेता आयल ट्रेडर्सबाट भरेर भारततर्फ लैजादै गरेको अवस्थामा तीनैजनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता मनोजित कुँवरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एकीकृत जाँच चौकी (आईसपी)को मुलगेटमा चेकजाँच गर्ने क्रममा टयाँकरबाट डिजेल बरामद गरेको उनले बताए । ट्याङकर, डिजेलसहित तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको कुँवरले बताए ।

नेपालमा भन्दा भारतमा डिजेलको मुल्य महँगो पर्ने गरेको छ।नेपालमा डिजेलको मुल्य अहिले प्रति लिटर रु ९३ रुपैया ५० पैसा छ । त्यहि डिजेल भारतमा भने अहिले प्रति लिटर रु १ सय ३३ रुपैया रहेको छ ।

नेपाल भन्दा भारतमा ३९ रुपैया ५० पैसा प्रति लिटर डिजेल महँगो पर्ने भएकोले नेपालबाट भारततर्फ डिजेल लगायत पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ ।

प्रकाशित : २०७७ फाल्गुन ३, सोमबार २१:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ