राप्रपा (संयुक्त) द्वारा दल दर्ता


काठमाडौं, १ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । पार्टी प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी गराएअनुसार आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सन्दर्भमा राप्रपा (संयुक्त) ले दल दर्ता गराएको हो ।

सो दलले निर्वाचन आयोगमा भाद्र ३० गते दल दर्ता प्रक्रिया सम्पन्न गरेको हो । राप्रपा (संयुक्त) सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी व्यवस्था, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षपाति पार्टी हो ।

संविधानको मूलभूत आधारमा असहमतिका बाबजुद राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र मानव अधिकारप्रति सो पार्टी प्रतिवद्ध छ ।

प्रकाशित : २०७६ आश्विन १, बुधबार १३:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ