कमला नगरपालिकामा महिलाको लाश भेटियो


जनकपुरधाम : धनुषाको कमला नगरपालिका २ माची झिटकैयामा आज एक महिलाको शव (लाश) फेला परेको छ ।

हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । मृतक महिला झिटकैयाको पश्चिमबारी टोलका खुसिया गडेरीकी पत्नीको रहेको कमला नगरपालिका २ का वडाध्यक्ष धनेश्वर यादवले जानकारी दिए ।

मृतक महिला खुसिया गडेरीको दुई पत्नी मध्ये जेठी पत्नी थिईन् । उनको हत्या गरेर खेतमा फालेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटना विषयमा अनसन्धान थालेको जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन ४, मंगलवार १३:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ