जनकपुरधाम, १ असोज । जिल्ला अदालत धनुषाले बालिका बलात्कार पश्चात हत्या गर्ने दुई जनालाई आजीवन जेल सजायको फैसला सुनाएको छ ।
धनुषाको औरही गाउँपालिका २ का ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितले आजीवन जेल सजाय पाएका हुन् । बुधबार जिल्ला अदालत धनुषाका न्यायाधीश राजेश कटुवालको इजलासले उनीहरुलाई आजीवन जेल सजायको फैसला सुनाएको छ ।
दुर्गाा मेला हेर्न गएको बेला २०७५ असोज २६ मा १० वर्षीया एक बालिकालाई मुखिया र पण्डितले १० रुपैयाँको प्रलोभन देखाएर अपहरण गरी बलात्कार पश्चात हत्या गरेका थिए ।