ट्रकको ठक्करबाट २ जनाको मृत्यु, चालक पक्राउ


विराटनगर : मोरङको उर्लाबारी नगरपालिका-४ मा ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका ८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् । को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १, ०१-००१ क १० ३५ नम्बरको ट्रकले हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधनसहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७७ फाल्गुन ९, आईतवार ११:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ