ओली सरकार जनताको अपेक्षा अनुसार काम गर्न सकेन : डा. राउत


रुपन्देही : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले ओली सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।

भैरहवामा आयोजित पत्रकार भेटघाटमा बोल्दै राउतले जनताले जिताएर पठाए पनि सरकारले काम गर्न नसकेको बताएका हुन् । मुलुकको विकास गर, स्वदेशमै रोजगारी सिर्जना गर र संघीयताको संरक्षण गर भनेर जनताले पठाए पनि काम गर्न नसक्नु सरकारको कमजोरी भएको बताए ।

उनले संसद विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन् । उनले करिब दुई तिहाई बहुमतको सरकारले काम गर्न दिईएन भनेर संसद विघटन गर्नु आफैंमा असामान्य घटना भएको बताए ।

राउतले नेपालमा भईरहेका आन्दोलनको पर्दा पछाडि बाहिरी शक्ति लागेको भन्दै बाहिरी शक्तिबाट नेपालको राजनीति नियन्त्रित भईरहेको दाबी गरेका छन् । नागरिक समाजका नाममा हुने गरेका आन्दोलन र विरोध कार्यक्रममा पनि राजनीतिक रंग देखिएको उनले आरोप लगाए ।

प्रकाशित : २०७७ फाल्गुन ९, आईतवार २२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ