यतिधेरै नाईट्राभेट ट्याब्लेट बोकेका मण्डल पक्राउ


पर्सा : हजारौं पिस नशालु ट्याब्लेटसहित एक यूवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ३२ का २३ वर्षीय हरेन्द्र मण्डल रहेका छन् ।

मण्डलले बोकेको कालो प्लाष्टिकको झोलाबाट लागुऔषध नाईट्राभेट ट्याब्लेट १४४० पिस र सेमफेक्स ट्याब्लेट ९६ पिस बरामद भएको प्रहरीले जनाएको छ । वीरगन्ज मजहानगरपालिका १६ रजतजयन्ती चोकबाट उनी पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार मण्डलको झोला चेकजाच गर्दा लागुऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन १०, सोमबार १५:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ